कालिका लघुवित्तको संचालकमा नित्यानन्द तिवारी नियुक्त

३० चैत्र २०७९, बिहीबार १४:०१

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको चैत २९ गतेको वार्षिक साधारण सभाबाट तिवारी संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालक पदमा निर्वाचित भएका हुन् ।

सो सभाबाट संस्थाको रिक्त रहेको संचालक पदमा वालिङ ६ स्याङ्जा निवासी नित्यानन्द तिवारी निर्वाचित भई मनोनयन भएका हुन् । साथै संस्थाको सभापश्चात् बसेको संचालक समितिको बैठकले उनलाई संचालक पदमा नियुक्त गरेका हुन् । उनले पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*