यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

३० चैत्र २०७९, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकाएक उछाल आएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ ।

बुधबार नेप्से सूचक करिब सय अंकले बढ्न पुगेसँगै आज लगानीकर्ताहरुले नाफा बुक गर्दा शेयरबजारमा एक अर्ब ६५ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ८ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ९१ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५ करोड ३५ लाख, नबिल बैंकको ४ करोड ५९ लाख रुपैयाँ र शिवश्री हाइड्रोपावरको ३ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*