चैत्रको अन्तिम साता विकास बैंक र फाइनान्सबाट शंकास्पद तरिका दुई अर्ब ऋण प्रवाह

३० चैत्र २०७९, बिहीबार १५:२०

काठमाडौं । सामान्यतया हरेक त्रैमासको अन्त्यमा कर्जा प्रवाह हुँदैन । कागजी रुपमा बनावटी कर्जा यसअघि प्रवाह हुने भएपनि गत कार्तिक १ गतेदेखि केन्द्रीय बैंकले रिकल पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

तर, बाणिज्य बैंक भन्दा बाहेकका विकास बैंक, फाइनान्स कम्पनीहरुले यही चैत्रको अन्तिम साता मात्रै दुई अर्ब रुपैयाँ शंकास्पद तरिकाले कर्जा प्रवाह गरेको तथ्य फेला परेको छ । बीमापोष्टलाई नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्याङ्क अनुसार चैत्र २० गतेदेखि हिजो चैत्र २९ गते मध्यराति १२ बजेसम्म नेपाली विकास बैंक तथा फाइनान्स कम्पनीबाट दुई अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तथ्य खुलेको हो ।
स्रोतका अनुसार विकास बैंक र फाइनान्स कम्पनीहरुले सेटिङमा थुप्रै कर्जा रिकल तथा ऋण नविकरण गर्न कर्जा प्रवाह गरेको जनाइएको छ ।

चैत्र २० गतेको तथ्याङ्क अनुसार विकास बैंक र फाइनान्स कम्पनीको कूल ऋण प्रवाह पाँच खर्ब ४४ अर्ब रुपैयाँ थियो । सो क्रमा चैत्र २६ गते एक अर्ब र चैत्र २९ गते एक अर्ब गरी कूल दुई अर्ब ऋण विकास बैंक र फाइनान्स कम्पनीबाट प्रवाह भएको देखिएको छ ।

तेस्रो त्रैमासको अन्त्यमा प्रवाह भएका यी कर्जाहरुलाई नेपाल राष्ट्र बैंकले सुक्ष्म निगरानी गरिरहेको केन्द्रीय बैंक स्रोतले जनाएको छ । यस वर्ष पनि अन्तिम समयमा दुई अर्ब रुपैयाँ कर्जा प्रवाह हुन नरोकिए पछि केन्द्रीय बैंकको नियमन क्षमता थप विस्तार गर्नुपर्ने देखिएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*