नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

३० चैत्र २०७९, बिहीबार १५:३२

काठमाडौं। नेप्सेमा तीन कम्पनीको बोनस शेयर बिहीवार सूचीकृत भएको छ ।

महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता, यूनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ लाख १६ हजार ३६७ दशमलव ९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

महालक्ष्मी विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै यूनियन लाइफ इन्स्योरेन्सले माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ९७ प्रतिशत र पोखरा फाइनान्सले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*