लघुवित्त संस्थाबाट एउटा प्रयोजन वा शीर्षकमा ऋण लिएका ऋणीले अर्को शीर्षक वा ऋण लिन पाउने

३० चैत्र २०७९, बिहीबार १८:०८

काठमाडौं । अब लघुवित्त संस्थाबाट एउटा प्रयोजन वा शीर्षकमा ऋण लिएका ऋणीले अर्को शीर्षक वा ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै बिहीबार जारी गरेको परिपत्रले यस्तो व्यवस्था गरेको हो। एकभन्दा बढी शिर्षकमा कर्जा लिन सकिने व्यवस्था गरिएपनि कर्जा सीमा भने पुरानै व्यवस्था अनुसार कायम हुनेछ।

हाल सामुहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा पाँच लाख रुपैयाँसम्म लघुकर्जा र दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यले सात लाख रुपैयाँसम्म कर्जा पाउँछन्।

त्यस्तै, धितो राख्ने ऋणीले प्रति व्यक्ति बढीमा सात लाख रुपैयाँसम्म र विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्तिले १५ लाख रुपैयाँसम्म पाउने गरेका छन्। केही समयअघि मात्रै एउटा ऋणीले एकभन्दा बढि लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ।
अब संस्थाहरूले ऋणीको कर्जा तिर्ने भाका ९० दिन नाघेमा त्यसको १५ दिनमा केन्द्रमा जानकारी पठाउनुपर्ने भएको छ। राष्ट्र बैंकले सरलीकृत ग्राहक पहिचान लगायतको नयाँ व्यवस्था पनि गरेको छ।

Circular-7-Dlaghubhita-Directives

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*