लघुवित्त संस्थाको एकीकृत निर्देशनमा जारी, जगेडा कोषमा रकम प्लस गरे मात्र १५ प्रतिशत बढी लाभांश बाड्न पाउने

३० चैत्र २०७९, बिहीबार १८:२९

काठमाडौं। राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको एकीकृत निर्देशनमा जारी गरेको छ। “घ“ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ तथा सो पश्चात् २०७१ चैत ३० सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार पारिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको जनाएको छ।वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने संसोधित व्यवस्थामा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*