नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, भोलि बुकक्लोज

३ बैशाख २०८०, आईतवार ०७:१३

काठमाडौं । नेशनल माइक्रो फाइनान्स कम्पनीले बोनस शेयर र बार्षिक साधारणसभाको लागि भोलि बैशाख ४ गते बुक क्लोज गर्दैछ । १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि बढाएको कम्पनीको सो बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म नेप्सेमा शेयर खरिद गरेका लगानीकर्ताले आगामी बैशाख १५ गते हुन गइरहेको बार्षिक साधारणसभा र बोनस शेयर लिन पाउनेछन् ।

नेशनल माइक्रो लुघवित्तले बैशाख १५ गते बिहान ११ बजे, धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । सो बार्षिक साधारणसभाबाट कम्पनीको कूल चुक्ता पुँजि ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँको १५ प्रतिशत बराबर ८ करोड ८० लाख रुपैयाँको आठ लाख ८० हजार कित्ता लगानीकर्ताहरुलाई बोनसको रुपमा वितरण गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश पाउने हुँदा नेशनल माइक्रो फाइनान्सको बोनस शेयर पाउन आजै उक्त कम्पनीको शेयर खरिद गर्नुपर्नेछ । हाल कायम चुक्ता पूँजी १५ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ६७ करोड ४६ लाख ७६ हजार रुपैयाँ पुग्नेछ ।

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी भएको प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । अब डिडिए प्रस्ताव अघि बढाउने तयारीमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*