किसान लघुवित्तद्वारा दुई संचालक नियुक्त
३ बैशाख २०८०, आईतवार १०:४२

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । संंस्थाले संस्थापक समुह तर्फको रिक्त संचालक पदमा खडानन्द सापकोटा र स्वतन्त्र संचालकमा चुना देवि के.सीं खड्कालाई संचालकमा नियुक्त गरेको हो ।
कम्पनीको चैत ३० गते बसेको संचालक समितिको बैंठकको निर्णयले संचालक सरिता उप्रेतीको राजिनामा स्वीकृत र नयाँ संचालकमा सापकोटा र खड्कालाई नियुक्त गरेको हो ।











