नयाँ बर्षको सुरुवातमा बढ्न सकेन नेप्से
३ बैशाख २०८०, आईतवार १५:१२

काठमाडौं । नेप्से २।८० अंकले घट्दा १९३१।६८ को विन्दुमा कायम भएको छ।आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।आदर्श लघुवित्त, मैलुङ खोलाको शेयर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ।
एशियन हाईड्रोपावरको शेयर सर्वाधिक घटेको छ।












