आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
३ बैशाख २०८०, आईतवार १५:१४

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबारको दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार २।८० अंकले घटेर १९३१ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार ओरालो लागेसँगै केहि कम्पनीहरुको शेयर बजारमा गिरावट आएको छ । आज एसियन हाइड्रोपावरको ७।८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
त्यस्तै, सगरमाथा जलविद्युुत, आरबीबी म्युचअल फण्ड १, महुली लघुवित्त लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।












