महालक्ष्मी विकास बैंकद्वारा सामाजिक क्षेत्रमा सहयोग

३ बैशाख २०८०, आईतवार १५:४३

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।

जसअनुसार बैंकको बानेश्वर शाखाले सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिका–३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

त्यसैगरी बैंकको वीरगन्ज शाखाले अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण गरेको छ। वीरगन्ज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ सञ्चालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

यस्तै, बैंकको धादिङ शाखाले नीलकण्ठ नगरपालिका–७ मा अवस्थित कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत गरिब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु मध्येबाट गरिब तथा जेहेन्दार पाँच जना विद्यार्थीलाई बिचबजार–धादिङ शाखाका प्रमुख खिलप्रसाद सिलवालले प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई छात्रवृत्ति बराबरको रकमको चेक हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*