भूगोल इनर्जि डेभलपमेन्टको आईपीओको नतिजा यसरी हेनुहोस्

३ बैशाख २०८०, आईतवार १५:५५

भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*