नेप्सेद्वारा एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
३ बैशाख २०८०, आईतवार १७:३०

काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से)ले एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनश शेयर वितरणका लागि बुुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम संस्थाको शेयरमूल्य १ हजार ४३५ रुपैयाँका आधारमा नेप्सेले १५ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य १ हजार २४७ रुपैया ८३ पैसा कायम गरेको छ । सोहि मूल्यकै आधारमा कम्पनीको शेयर सोमवार (बैशाख ४) दोस्रो बजारमा कारोबारमा आउने छ ।












