राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रलाई मातृशोक

४ बैशाख २०८०, सोमबार ०८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृ शोक परेको छ । केन्द्रीय बैंकका डेपुटी गभर्नर मिश्रकी ८४ बर्षिय आमा धनमाया मिश्रको बैशाख २ गते बिहान साढे ११ बजे झापामा निधन भएको पारिवारका सदस्यले जानकारी दिएका छन् ।

विस १९९६ मा जन्मनु भएकी धनमायाको आफ्नै निवास दमक, झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमान होम बहादुर मिश्र हुन् । मिश्रका चार छोरा र चार छोरीहरु छन् । डेपुटी गभर्नर बम बहादुर मिश्र धनमायाकी कान्छो छोरा हुन् । धनमायाको मृत्यु संस्कार सम्बन्धी कार्य झापामै भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*