समृद्धि फाइनान्सले माग्यो १७ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले आज एक सूचना प्रकाशित गर्दै ४ पदमा १७ जना कर्मचारी माग गरेको हो ।
फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
यसका साथै, फाइनान्सले ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिन प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । फाइनान्सले अनुुभवि, स्किलफुल र नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ ।
इच्छुक उम्मेदवारले फाइनान्सको इमेल अथवा वेवसाइट https://www.sfcl.com.np/en मार्फत आवेदन दिन सक्नेछन् ।












