वाणिज्य बैंकहरुले आठ महिनामा कमाए ४८ अर्ब ८३ करोड रुपैयाँ, टप थ्री मा नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनाको अवधिसम्ममा कुल ४८ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार संचालित कमर्सियल बैंकहरुले फागुन मसान्तसम्ममा पौने ४९ अर्ब नाफा कमाएका हुन् ।
यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले ४ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । त्यस्तै ४ अर्ब ५ करोड खुद नाफा सँगै एनआईसी एशिया तेस्रो स्थानमा रहेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड नाफा कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड खुद नाफा कमाएको छ ।
त्यस्तै, एनएमबि बैंकले २ अर्ब ५० करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ३९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड, एभरेष्ट बैंकलले २ अर्ब २३ करोड, प्रभु बैंकले २ अर्ब २२ करोड, नेपाल बैंकले २ अर्ब ११ करोड, कुमारी बैंकले २ अर्ब ६ करोड, सानिमा बैंकले १ अर्ब ७८ करोड, हिमालयन बैंकले १ अर्ब ७८ करोड, नेपाल एसबिआईले १ अर्ब ६४ करो, सिद्धार्थ बैंकले १ अर्ब ५५ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड, लक्ष्मी बैंकले १ अर्ब ३६ करोड, सिटिजन्स बैंकले १ अर्ब २५ करोड नाफा आर्जन गरेको छ ।
यस अवधिमा कृषि विकास बैंकको खुद नाफा सबैभन्दा कम रहेको छ । कृषि विकास बैंकले यस अवधिमा ४१ करोड १२ लाख मात्र खुद नाफा कमाएको छ । सनराइज बैंकले सो अवधिसम्म १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।











