आठ महिनामा फाइनान्सहरुको वित्तिय अवस्था कस्तो छ ? (तथ्यांक सहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा १४ वटा कम्पनीहरु मुनाफामा रहेका छन् । हाल संचालनमा रहेका १७ कम्पनीमध्ये १४ कम्पनी मुनाफामा तर्फ अघि बढेको तथ्यांकले देखाएको छ।रचालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये तीन फाइनान्स कम्पनी नोक्सानीमा रहेका छन् ।
यस अवधिमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै ३५ करोड ३७ लाख रहेको छ । त्यस्तै मन्जुश्री फाइनान्सको खुद नाफा १८ करोड २२ लाख रहेको छ । त्यस्तै गोर्खाज फाइनान्सको खुद नाफा ८ करोड ७० लाख, आईसीएफसी फाइनान्सको खुद नाफा ७ करोड २८ लाख, गुडविल फाइनान्सको खुद नाफा ६ करोड ५७ लाख, तथा पोखरा फाइनान्सको खुद नाफा ५ करोड २९ लाख रहेको छ ।
यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् । जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १८ करोड १२ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

Rs( Millions)












