आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
४ बैशाख २०८०, सोमबार १५:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २३.६४ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेसँगै सनराइज ब्ल्युचिप फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, उन्नति सहकार्य लघुवित्त, उपकार लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य घटेको छ ।













