मर्जर सम्झौता विरुद्धको निर्णयले लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जरमा दरार, अध्यक्ष बन्न दुगडको पत्राचार

४ बैशाख २०८०, सोमबार १९:०८

काठमाडौं ।  लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जरमा दरार आउने देखिएको छ। लामो समय विवादित भनिरहेको यो मर्जरमा फेरी दरार आएको छ। मर्जपछि बैंकको अध्यक्ष हुन मोतीलाल दुगडले दाबी पेस गरेसँगै लक्ष्मी बैंक असन्तृष्टी जनाएको छ।यती मात्रै नभई मर्जरका लागि गरेका सम्झौतासमेत तोड्ने काम सनराईज बैंकले गरेको छ। मर्जर अवधि अघि नै कर्मचारीको बढु्वा गर्ने समेत गरेको कारण लक्ष्मी बैंकले यी बिषयमा चित्त नबुझेको जानकारी दिएका छन् ।

जेठको दोस्रो सातामा मर्जरको अन्तिम हस्ताक्षर गर्ने कम्पनीले सम्झौता विपरित डेपुटी सिइओ समेत नियुक्ति गरेको छ।सनराइजले अहिले अपछ यादवलाई डिजिएमबाट बढुवा गर्दै डेपुटी सिओमा बढुवा गरेको हो। यसरी सम्झौता विपरित चिफ म्यानजेर रहेका ईश्वर पाठकलाई एजिएममा बढुवा गरिएको छ। सिनियर म्यानेजरमा रहेका दीलीप मैनालीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ।

सनराइज बैंकले यस्तो तल्लो थुपै कर्मचारीहरुको मर्जरअघि नै बढुवा गराईसकेका छन् ।यता लक्ष्मी बैंकले कर्मचारी समायोजन गर्ने सोच बनाईरह्दा सनराईज बैंकले यस्तो हकर्त गरिरह्दा आफूहरु असन्तृष्टि भएको बताँउछन् ।

लक्ष्मी र सनराइज मर्जपछि नयाँ बन्ने बैंकको अध्यक्ष लक्ष्मीका तर्फबाट हुने सहमति भए पनि अहिले मोतीलाल दुगडले अध्यक्षमा आफ्नो दाबी रहेको मौखिक जानकारी लक्ष्मीमा पठाएका छन्। दुगडले आफू अध्यक्ष हुनुपर्ने नयाँ सर्त अघि सारेका हुन्।सनराइजले मर्जमा जाने तयारी भइरहेका बेला नयाँ सर्त राख्न थालेको हो। लक्ष्मी पहिलाको सर्तअनुसार मर्जका लागि अगाडि बढिरहेको छ। तर, सनराइजले नयाँ सर्त राखिरहेका कारण बैठक पनि बस्न सकिरहेको छैन भने निर्णय पनि गर्न सकिरहेको छैन।

समझदारीपत्र (एमओयु) बाहिर गएर सर्त राख्न थालेपछि दुई बैंकबीच मर्ज नहुने सम्भावना बढेको छ।

सनराईजन बैंकको संचालक समितिमा राम्रो बेमेल हुन नसकेको कारण उचित बैठक बस्न सकेको छैन । बैंकका अध्यक्षले राख्ने बैठकमा सम्पूर्ण संचालकको उपस्थिती भईरहेको छैन । बोर्डका संचालक मालचन्द दुगड, बच्चाराज तातेर र शैलेन्द्र गुरागाईं सहभागी भइरहेका छैनन्।

अपुग संचालक समितिमा चलिरहेको छ । बैंकमा हालसम्म आन्तरिक द्धन्द्धको कारण स्वतन्त्र संचालक समेत नियुक्त गर्न सकेको छैन ।संचालकको साथ नपाउदा उनले आफै पत्र लेख्दै मर्जर पछिको अध्यक्षको लागि सहमती हुने वा नहुने उत्तर माग गरेका छन् ।

यता लक्ष्मी बैंक भने मर्जर सम्झौताको नियम विपरित कैयौं निर्णयहरु भईरहेको हुँदा यसमा असहमती जनाउदैे लफडा निकाले मर्जर नै भंग गर्ने लक्ष्मी बैंकले चेतावनी दिएको छ ।
यस्तै वातावरण सिजना भईरहे आफूहरु मर्जरबाट हात झिक्ने स्रोतको भनाई छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*