राष्ट्र बैंकको कारवाहीमा चार विकास बैंक र दुई फाइनान्स

४ बैशाख २०८०, सोमबार १९:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) तोकेको बमोजिम नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ।केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जरिवाना गरेको छ।

विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक छन्।
त्यस्तै, फाइनान्सतर्फ जानकी फाइनान्स र नेपाल फाइनान्स रहेको छ ।
यी बैंक तथा वित्तीय संस्थालाई गैरस्थलगत सुपरिवेक्षणका आधारमा जरिवाना लगाइएको राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*