मर्जर सम्झौताकै बीचमा सनराईज बैंकमा ५०० भन्दा बढि कर्मचारीको बढुवा, सिईओ शर्मामाथि कैची चलाएको आरोप

काठमाडौं । मर्जर प्रक्रियाकै बीचमा सनराईज बैंकमा ५०० भन्दा बढि कर्मचारीहरुको बढुवा गरिएपछि लक्ष्मी बैंकमा कार्यरत कर्मचारीहरु तनावमा परेका छन् भने सनराईज बैंककै बढुवामा नपरेका कर्मचारीहरु वृत्ति विकास नहुने भन्दै थप तनावमा परेका छन् ।
व्यापारीको समुहले चलाएको बैंक भनेर आरोप लाग्दै आएको र कर्पोरेट कल्चर नै विकास गर्न नसकेको बैंक भनेर परिचय बनाएको सनराईज बैंकमा अध्यक्ष र सञ्चालकका आफ्ना मान्छेहरुलाई प्राथमिकता दिर्ई ५०० भन्दा बढि कर्मचारीहरुको बढुवा गरिएको छ । स्रोतका अनुसार सिईओ सुमन शर्माले सञ्चालक समितिमै लगेर कर्मचारी बढुवा गराउन सफल भएका हुन् । बढुवा हुने कर्मचारीहरुमा जुनियर देखि उच्च तहका कर्मचारीहरु रहेका छन् । बढुवामा मोतिलाल दुगडका निकट मानिसहरुलाई प्राथमिकता दिइएको गुनासो बैंकभित्र बढेको छ । कर्मचारीहरुको कार्यक्ष्मता मूल्याङ्कनमा सिईओ सुमन शर्माले कैची लगाएर अन्याय गरेको बढुवामा पर्नुपर्ने तर नपारिएका कर्मचारीहरुको गुनासो छ ।
सनराईज बैंकका सिईओ सुमन शर्माले कर्मचारीहरुको बढुवा गरिएको स्वीकार गरेका छन् र बढुवा नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । तर, सो सम्बन्धमा मर्जर कमिटीलाई जानकारी नदिएको भन्दै अहिले लक्ष्मी बैंकतर्फ भने असन्तुष्टी बढिरहेको छ ।











