लाभांश प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

५ बैशाख २०८०, मंगलवार १०:५३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको वैशाख ४ गते बसेको संचालक समितिको बैठकले सभा यहि वैशाख ३१ गते बस्ने निर्णय गरेको हो ।

सभा सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध, काठमाडौंमा बिहान ११ः३० बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान बाँडफाँड हिसाब तथा अन्य वितरण योग्य समेतबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सो सभामा गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका साथै चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले यहि वैशाख १५ गते एकदिनका लागि बुकक्लोजको मिति तय गरेको छ । यसर्थ वैशाख १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*