आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
५ बैशाख २०८०, मंगलवार १०:५०

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको केहि र आंशिक शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी संस्थाको केन्द्रिय कार्यालय , बनेपा १० काभ्रेमा आवेदन दिन सक्नेछन् ।
संस्थापक शेयर लिने सम्बन्धमा उक्त म्यादभित्र हाल कायम संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको लागि निवेदन पेश नभएमा प्रचलित कानुन अनुसार गैर संस्थापकहरुलाई संस्थापक शेयर बिक्री गर्ने संस्थाले जनाएको छ ।












