यी हुन आज प्रभु बैंकसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी
५ बैशाख २०८०, मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ८६ करोड ७६ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक आज प्रभु बैंकको प्रोमोटर शेयरको ५ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ३ करोड ९८ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३३ लाख, एनआइसी एशिया बैंकको २ करोड ६५ लाख र हिमालयन डिष्टिलरीको २ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













