यी हुन् आज सर्वाधिक गुमाएका कम्पनीहरु
५ बैशाख २०८०, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार ३।७ अंकले घटेर १९०४ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेसँगै खप्तड लघुवित्त, आदर्श लघुवित्त, बाराहि हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













