राष्ट्र उत्थान लघुवित्तको कार्यकारी प्रमुखमा जया लोहनी नियुक्त
६ बैशाख २०८०, बुधबार १०:२२

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी निर्देशकमा जया लोहनी नियुक्त भएकी छिन् ।
यसअघि संस्थाको सो पदमा रहेका सुधीर प्रसाद लोहनीले कार्यकारी निर्देशक पदबाट राजिनामा दिएकोमा चैत ३० मा बसेको संचालक समितिको बैठकले स्वीकृत गरी नायब कार्यकारी निर्देशक पदमा रहेकी जया लोहनी सोही बैठकबाट कामु कार्यकारी निर्देशकको रुपमा चयन भएकी थिइन् ।
साथै संस्थाको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले जया लोहनीलाई संस्थाको कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको हो ।











