सिटिजन्स सुपर ३० म्युचुअल फण्ड आजदेखि निष्काशन

६ बैशाख २०८०, बुधबार १०:४८

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आज (वैशाख ६ गते)देखि सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्काशन गरेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई आजदेखि निष्काशन गरेको हो ।

सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा बैशाख १० गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख २० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । यसको अवधि १० वर्षको रहेको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*