नाफामा सुधार देखिएसँगै निफ्राको शेयर खरिद माग बढ्यो, शेयरमूल्य कति ?

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयरमूल्य १.८३ प्रतिशतले बढ्न पुगेको छ । यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ४ रुपैयाँले बढेर २२२ रुपैयाँ पुगेको छ ।
लामो समयसम्म स्थिर रहेको बैंकको शेयरमूल्य आज तेस्रो त्रैमासिक वित्तीय रिर्पोटका कारणले केही प्रतिशत बढ्न पुगेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको नाफा लगायतका अन्य सूचाङ्कमा उल्लेख्य प्रगति देखिएसँगै अब बैंकको शेयरमूल्य बड्ने आँकलन गर्दै ११ जना शेयरधनीहरुले ६३ हजार ७०६ कित्ता शेयर खरिदका लागि माग गरेका छन् ।
यता शेयर कित्ता माग बढेसँगै बैंकको शेयरमूल्य स्वतः बढ्न पुगेको हो । साथै यो समाचार तयार पार्दासम्म बैंकको सर्वाधिक ६ करोडमाथिको कारोबार हुन पुगेको छ । लामो समयसम्म शेयर होल्ड गरेर बसेका शेयरधनीहरुलाई आज बैंकको रिर्पोटले राहत मिलेको छ । यसकारण पनि निफ्राको शेयर सर्वाधिक खरिदबिक्री हुन पुगेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म बैंकले एक अर्ब १६ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म बैंकले ६९ करोड ४५ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी समेत गत आवको तुलनामा बढ्न पुगेको छ । गत आवमो ४.२९ रुपैयाँ रहेको बैंकको इपीएस बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ ।












