आदर्श लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
६ बैशाख २०८०, बुधबार १५:०५

काठमाडौं । नयाँ वर्ष सुरु भएसँगै ओरालो गतिमा लागेको शेयर बजारमा आज सामान्य सूधार देखिएको छ । आज शेयर बजार १५।१३ अंकले बढेर १९२० को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा सुधार देखिएतापनि आज आदर्श लघुवित्तको शेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, गरिमा डिभेन्चर, सनराइज म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













