मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा विशेष अफर

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले यस मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क तथा मा ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ ।“माया स्वरुप उपहार, मेरी प्यारी आमालाई” भन्ने नाराका साथ यो अफर वैशाख महिना सम्म संचालनमा रहने छ । यो अवधि भित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने गा्रहकवर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क तथा प्रोफिटमा ५० प्रतिशत छुट पाउने अफर ल्याएको छ ।
ग्राहकले रु ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ३ लाख ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।











