एभरेष्ट बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा ६२ प्रतिशतले बढ्यो

७ बैशाख २०८०, बिहीबार ०८:३९

एभरेष्ट बैंक खुद मुनाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२।६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९।३८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३९।२१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६२।५९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६।५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*