यसकारण घट्यो सिद्धार्थ बैंकको मुनाफा, वितरणयोग्य नाफा समेत ऋणात्मक

७ बैशाख २०८०, बिहीबार १०:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको यसै अवधिसम्मको तुलनामा घट्न पुगेको हो ।

यसअवधिमा बैंकको खुद नाफा २८.६५% ले घटेर १ अर्ब ४९ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसैअवधिमा बैंकले २ अर्ब ८ करोड ८५ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने २७.६१% ले बढेर ६ अर्ब ७ करोड ६१ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म बैंकको खराब कर्जा बढ्दा खुद ब्याज आम्दानी बढे पनि खुद नाफा बढ्न नसकेको हो । खराब कर्जा २.८३% ले बढेर ३.९५% पुगेको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ६५ पैसाले घटेर १४ रुपैयाँ २४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २८ पैसा छ । यता बैंकको वितरणयोग्य मुनाफा समेत ४५ करोड ६६ लाख ४१ हजार रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको चुक्तापुँजी १२.५० प्रतिशतले बढेर १४ अर्ब ८ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १६.७४ प्रतिशतले बढेर कोषमा ९ अर्ब ३७ करोड २३ लाख रुपैयाँ संचित रहेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको कर्जा लगानी २.३२ प्रतिशत बढेर १ खर्ब ८१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन २ खर्ब १२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*