तेस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको अधिकांश सूचकमा देखियो प्रगति, नाफा र इपिएस कति ?

७ बैशाख २०८०, बिहीबार १०:१४

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चैत मसान्तसम्म आइपुग्दा नाफा उल्लेख्य रुपमा बढाउन सफल भएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले नाफा गत आवको तुलनामा ६०.२५ प्रतिशतले बढेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यसैअवधिमा बैंकले १ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, चैत मसान्तसम्म यस बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ ।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ७८.३६% ले बढेर ४ अर्ब ४० करोड ७२ लाख रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा ६०.२३% ले बढेर ३ अर्ब ७३ करोड ८० लाख रुपैयाँ पुगेपछि खुद नाफामा आकर्षक सुधार भएको हो ।

बैंकको यस अविधसम्म खराब कर्जा भने सामान्य बढेको छ । गत वर्ष ०.३६% रहेको खराब कर्जा अहिले ०.९०% रहेको छ । चार्टर्डको प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँले बढेर ३६.९१ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २०४.१८ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म बैंकको चुक्तापुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ११.५३ प्रतिशतले बढेर ७ अर्ब २५ करोड ७९ लाख रुपैयाँ कोषमा संचित रहेको छ । साथै बैंकले यस अवधिसम्म ८० अर्ब ७ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन तथा एक खर्ब ७ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*