एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकको नाफा सामान्य बढ्यो, इपीएस कति ?

७ बैशाख २०८०, बिहीबार १०:२३

काठमाडौं । साविक एनसीसी बैंक लिमिटेडलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८२ करोड २१६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको भन्दा ०.९७% ले धेरै हो । गत वर्ष यसले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ९९.६६% ले घटेर २८ लाख ८६ हजार रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ८४.७५% ले बढ्दा सञ्चालन नाफा भने २२.८२% ले घटेको छ । खुद ब्याज आम्दानी बढेपनि संचालन नाफामा खासै प्रगति नभएका कारण बैंकको नाफा सामान्य मात्रै बढ्न पुगेको हो ।

समिक्षा अवधिसम्म कुमारी बैंकको निक्षेप संकलन ७१.५७% ले बढेर ३ खर्ब ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८०.८१% ले वृद्धि भएर २ खर्ब ७५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

यता बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०९ पैसाले घटेर ९ रुपैयाँ २५ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्तापुँजी ७८.२७ प्रतिशतले बढेर २६ अर्ब २२ करोड ५८ लाख रपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १४७ प्रतिशतले बढेर कोषमा १० अर्ब ४७ करोड ६३ लाख रुपैयाँ संचित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*