तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको सम्रग वित्तिय अवस्था यस्तो रह्यो, कुन बैंकको पीई रेसियो प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं । हाल संचालमा रहेका बैंकहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सर्वाजनिक गरेको छ। बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नेपालका ७ वटा क बर्गका राष्ट्रियस्तरका बाणिज्य बैंकहरुको मुनाफामा भारी गिरावट आएको पाइएको छ ।
सम्बन्धित बैंकहरुले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सात वटा बैंकको मुनाफामा न्यूनतम् ८ प्रतिशतदेखि अधिकतम् ४५ प्रतिशतसम्म गिरावट आहएको छ ।
देश संकपूर्ण रहेको अवस्थामा पनि बैंकहरुको मुनाफा उच्च बिन्दुले बृद्धि हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सञ्चालनमा रहेको बैंकहरु मध्ये एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, लक्ष्मी बैंक, नेपाल एसबिआई बैंकको मुनाफा करिब ५० प्रतिशतले बृद्धि भएको देखिएको छ ।
आज वित्तीय विवरण प्रकाशन गरेका देशका २१ वटा बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नबिल बैंकले आर्जन गरेको छ । सो बैंकले पाँच अर्ब ११ करोड मुनाफा आर्जन गर्दा ग्लोबल आइएमई बैंकले चार अर्ब ३५ करोड एनआईसी एसियाले चार अर्ब एक करोड मुनाफा आर्जन गर्न सफल भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।
१.नबिल बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकको खुद नाफामा उत्साहजनक बढोत्तरी भएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५२.६३ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म बैंकले ७ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित थियो। यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ५९ करोड रुपैयाँमा सीमित थियो।
बैंकले ३ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ६.१५ प्रतिशतले घटेर २५ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष रिजर्भमा २७ अर्ब २४ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.१४ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि ४४५.७२ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ६१ करोड ५ लाख रुपैयाँमा सीमित थियो। ईपीएस भने बढेर २५.२१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.५७ रुपैयाँ थियो। पीई रेसियो २४.५५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०१.०७ रुपैयाँ पुगेको छ।
२.प्रभु बैंक
प्रभु बैंकको खुद नाफा ११.५१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ अर्ब ९५ करोड रुपैयाँमा सीमित बनेको छ।
बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ५६ करोड रुपैयाँमा सीमित थियो। यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ३२ करोड रुपैयाँमा सीमित थियो।
बैंकले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ८९.९९ प्रतिशतले बढेर १० अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ४० करोड रुपैयाँ थियो।
बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.४८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.२१ प्रतिशतमा सीमित थियो। समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो। पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ।
३.ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको खुद नाफा १६.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४ अर्ब ३५ करोड रुपैयाँमा सीमित बनेको छ।
बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ९१ करोडरुपैयाँ रहेको थियो। तेस्रो त्रैमाससम्म बैंकले ६ अर्ब ६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १७.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो। बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ४३ करोड रुपैयाँमा सीमित थियो।
बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ७८.११ प्रतिशतले बढेर १९ अर्ब ६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १० अर्ब ७० करोड रुपैयाँ थियो। समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.४५ प्रतिशतमा सीमित थियो।
खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ४३ करोड ५६ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर १७.०८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.८८ रुपैयाँ थियो। पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ रहेको छ।
४.एभरेष्ट बैंक
एभरेष्ट बैंकको खुद नाफा ६२.६३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर २ अर्ब ४६ करोड रुपैयाँ भएको छ। बैंकको वितरणयोग्य मुनाफा पनि २०.२८ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६२.५९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब १६ करोड रुपैयाँमा सीमित थियो। यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५० करोड रुपैयाँमा सीमित थियो।
बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने २१.५५ प्रतिशतले बढेर ९ अर्ब ८६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ अर्ब ११ करोड रुपैयाँ थियो।
बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ०.७० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.२६ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज पनि ३३.२२ प्रतिशतले बढेर ५५ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ४१ करोड ३९ लाख रुपैयाँमा सीमित थियो।
ईपीएस भने बढेर ३०.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.४५ रुपैयाँ थियो। पीई रेसियो १६.५३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २२५.८६ रुपैयाँ रहेको छ।
५.सनराइज बैंक
सनराइज बैंकको खुद नाफा ८.३३ प्रतिशतको संकुचन आएको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब २७ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर १ अर्ब १७ करोड रुपैयाँमा सीमित बनेको छ।
बैंकको वितरणयोग्य मुनाफा ४ करोड ८३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १४ करोड १७ लाख रुपैयाँ रहेको थियो । तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७.४८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ८१ करोड रुपैयाँमा सीमित थियो। यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३७.५२ प्रतिशतले बढेर ४ अर्ब १९ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५ करोड रुपैयाँमा सीमित थियो।
बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। चुक्तापुँजी १० अर्ब ११ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने २२.४० प्रतिशतले बढेर ७ अर्ब ६५ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ अर्ब २५ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.३७ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ४४ करोड ७४ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर १५.४३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.८३ रुपैयाँ थियो। पीई रेसियो १२.३१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५७.१४ रुपैयाँ रहेको छ।
६.हिमालयन बैंक
हिमालयन बैंकको खुद नाफा २४.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ अर्ब ७३ करोड रुपैयाँ भएको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४८ करोड ६७ लाख रुपैयाँ रहेको थियो। तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ९९ करोड रुपैयाँमा सीमित थियो।
बैंकको खुद ब्याज आम्दानी ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित थियो। बैंकले २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने १०८.२५ प्रतिशतले बढेर १३ अर्ब ४८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ अर्ब ४७ करोड रुपैयाँ थियो। समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ४.५६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.९९ प्रतिशतमा सीमित थियो।
खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि ३०८.८३ प्रतिशतले बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ६० करोड ५ लाख रुपैयाँमा सीमित थियो। बैंकको ईपीएस बढेर १५.०४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.३१ रुपैयाँ थियो। पीई रेसियो १५.३६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६.१४ रुपैयाँ रहेको छ।
७.इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा २२.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा २ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ३ अर्ब ४ करोड रुपैयाँ भएको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४७ करोड २४ लाख रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब ६५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.८६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित थियो।
बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो।
बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ६६.२२ प्रतिशतले बढेर २३ अर्ब ८९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १४ अर्ब ३७ करोड रुपैयाँ थियो।बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.९४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल २.२० प्रतिशतमा सीमित थियो।
समीक्षा अवधिसम्म बैंकको ईपीएस भने घटेर १५.२० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.०४ रुपैयाँ थियो। पीई रेसियो १२.५७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६६.८८ रुपैयाँ रहेको छ।
८.नेपाल बैंक
नेपाल बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.२० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २७.३२ प्रतिशत बढेको छ। निष्क्रिय कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ४८ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा १४.९७ प्रतिशत घटेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ १३ पैसा घटेर १६ रुपैयाँ १३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ९७ पैसा रहेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट २ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २० अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप १६.९६ प्रतिशत बढेको छ भने कर्जा १.३४ प्रतिशत बढेको छ।
९.एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३.१० प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ।
पछिल्लो दुई वर्षदेखि लाभांश वितरण गर्न नपाएको यस बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको छ भने जगेडा कोषमा १७ अर्ब २१ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ८.५९ प्रतिशत बढेको छ भने कर्जा ५.४५ प्रतिशत बढेको छ।
१०. कुमारी बैंक
कुमारी बैंकले चैत मसान्तसम्म १ अर्ब ८२ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशत, कुल सञ्चालन आम्दानी ६७.८८ प्रतिशत वृद्धि भएको छ । निष्क्रिय कर्जा ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
यसले गर्दा बैंकको सञ्चालन मुनाफा २७.८२ प्रतिशत घट्न पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २४ लाख ८६ हजार रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ९ रुपियाँ २५ पैसामा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.०२ गुणा र प्रतिशेयर नेटवर्थ १४० रुपियाँ २९ पैसा छ ।
११. सिद्धार्थ बैंक
सिद्धार्थ बैंक वितरण योग्य मुनाफा ४५ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक गर्दै निष्क्रिय कर्जा १.१२ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेपछि बैंकको इम्पेरमेन्ट चार्ज ४२ करोड रुपैयाँबाट बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ १० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८।१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २८ पैसा रहेको छ।
१२.एनएमबि बैंक
एनएमबि बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ कमाएको छ । चालु आव २०७९र८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ । बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख छ।
बैंकको प्रतिशेयर आम्दानी १२ पैसा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको रहेको बैंकको रिपोर्टमा उल्लेख छ । अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ।
चुक्ता पूँजी १८ अर्ब ३६ करोड रहेको छ यस बैंकको जगेडा कोषमा ९ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ६.९९ प्रतिशत बढेको छ भने कर्जा ६.१९ प्रतिशत बढेको छ।
१३.प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले गत वर्षको तुलनामा ९.३५ प्रतिशत कम नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत,कुल सञ्चालन आम्दानी ११.६८ प्रतिशत, निष्क्रिय कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत वृद्धि भएको छ । उक्त खराब कर्जामा भएको वृद्धिका कारण बैंकको इम्पेरमेन्ट चार्ज बढेर ९९ करोड पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर २ रुपैयाँ ४९ पैसा घटेर १६ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १९ अर्ब ४० करोड पुर्याएको छ । बैंकको जगेडा कोषमा ९ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ।
१४.नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंक लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी ४४.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३०.७५ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.४५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ६३ पैसा बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ४७ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८३ प्रतिशतविन्दु बढेर ०.९७ प्रतिशत पुगेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब १२ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा ७ अर्ब ९५ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप १७.२३ प्रतिशत बढेको छ भने कर्जा १४.०९ प्रतिशत बढेको छ।
१५. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो । गत आवको सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ ।
यस्तै, बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो ।
बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । यस्तै, गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।
१६.सानिमा बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सो नाफा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा नाफा ७ प्रतिशतले बढाएको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड नाफा गरेको थियो । बैंकले यो अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४४ अर्ब रुपैयाँकर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५७ अर्ब निक्षेप र १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको छ भने सीडी रेसियो ८२.२९ प्रतिशत रहेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.३८ प्रतिशत र ८७.२२ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।
१७.लक्ष्मी बैंक
लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको सोही तुलनामा यस त्रैमासमा नाफा बढाएको हो ।
बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले निक्षेपकर्ताबाट १ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको छ ।
यस्तै, गत आवको सोही अवधिमा बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यो अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८५.३६ प्रतिशत कायम भएको छ ।
यस्तै, बैंकको गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.०८ प्रतिशत थियो भने सीडी रेसियो ८७.२४ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने लाभांश वितरण गर्ने क्षमता ११.९५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.६१ रुपैयाँ छ ।
१८.राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४ अर्ब रुपैयाँ नाफागरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकले फागुनससम्म ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको कूल निक्षेपमा समेत वृद्धि भएर ३ खर्ब रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंक स्रोतले जनाएको छ । गत आर्तिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप थियो ।
यस्तै, बैंकले गत वर्षको तुलनामा १६.८२ प्रतिशतले कर्जा वृद्धि गरेको छ । गत वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
साथै, बैंकले गत वर्षको भन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा रहेको बैंकले बताएको छ । अघिल्लो वर्षको चैत मसान्तसमा ३.०७ प्रतिशत खराब कर्जा थियो ।
१९.सिटिजन्स बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यो अवधिमा बैंकको निक्षेप संकलन ८ अर्ब बढेर १ खर्ब ६० अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३९ अर्ब पुगेको छ । बैंकले गत आवको सोही अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ३.९८ प्रतिशत छ भने सीडी रेसियो ८६.५६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सोही अवधिमा खराब कर्जा १.७२ प्रतिशत र सीडी रेसियो ९०.६९ प्रतिशत थियो । यस्तै, बैंकको वितरणयोग्य नाफा १४ करोड ३४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ छ ।
२०.स्ट्याण्डर्ड चार्टर्ड बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको नाफा ६१.११ प्रतिशतले बढेको छ ।
बैंकले यो अवधिमा ४ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आवको सोही अवधिमा बैंकले ९३ अर्ब ७२ करोड निक्षेप संकलन गरेको थियो भने ७९ अर्ब १९ करोड कर्जा लगानी गरको थियो । यो अवधिमा बैंकको खराब कर्जा ०.९० प्रतिशत कायम भएको छ भने ८०.०८ प्रतिशत सीडी रेसियो छ ।
गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.३६ प्रतिशत थियो भने ८२.६९ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९२ करोड रुपैयाँ छ । बैंकको लाभांश वितरणको क्षमता ३४.०२ प्रतिशत छ ।
२१.कृषि विकास बैंक
कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक तेस्रो त्रैमासमा भने नाफालाई धनात्मक गर्न सफल भएको हो । बैंकले भोलि (बिहीबार ७ गते) तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दैछ ।
बैंकका अनुसार ९ महिनाको अवधिमा २ अर्ब बढी नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको निक्षेप १३ प्रतिशत वृद्धि भएको छ । चैत मान्तसम्म बैंकको निक्षेप १ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ६० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
यस्तै, बैंकको कर्जा २ प्रतिशत बढेको छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ८० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८५ प्रतिशतमा झारेको बैंकले जनाएको छ । बैंकको आधार दर १० प्रतिशतको हाराहारीमा छ । बैंकले गत वर्षकोभन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा ४ प्रतिशतमा झरेको बैंकले बताएको छ । यसअघि दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । यद्यपी गत वर्षको चैत मसान्तसम्म २.३२ प्रतिशतखराब कर्जा थियो । बैंक स्रोतका अनुसार आर्थिक वर्षको असार मसान्तमा १ प्रतिशतमा खराब कर्जा झार्ने लक्ष्य राखेको छ ।











