सनराइज बैंकको खुद नाफा र इपीएस दुवै घट्यो, अन्य सूचाङ्क कस्तो ?

७ बैशाख २०८०, बिहीबार १०:४९

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सनराइजन बैंक लिमिटेडले १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ८.३३ प्रतिशतले कम हो ।

गत वर्षको यसै अवधिसम्ममा बैंकले १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १४ करोड १७ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिसम्मममा आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३७.५२% ले बढ्दा सञ्चालन नाफा ७.४८% ले घटेको छ । ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेका कारण बैंकको नाफा प्रभावित बन्न पुगेको हो ।

चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । साथै बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसाले घटेर १५ रुपैयाँ ४३ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ १४ पैसा रहेको छ ।
समिक्षा अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १९ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*