जाल्पा सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक पाण्डेद्वारा राजिनामा

७ बैशाख २०८०, बिहीबार १४:१२

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक ओमकार पाण्डेले राजिनामा दिएका छन् ।

२०७७ साल पुष २२ गतेको निर्णयअनुसार दोलखा निवासी पाण्डेलाई संस्थाको स्वतन्त्र संचालक पदमा नियुक्त गरिएकोमा निजले आफ्नो कार्य व्यस्तता देखाई गत चैत १५ गते राजिनामा दिएका हुन् ।

साथै सो पदबाट उनले राजिनामा दिएकोमा संस्थाको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*