१५ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य
७ बैशाख २०८०, बिहीबार १५:१०

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ९४ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । अघिल्ला दिनको तुलनामा आज थोरै कारोबार रकम बढ्न पुगेको देखिएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स इन्डेक्सको १.५० प्रतिशतले घटेको छ ।












