घोराही सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्ने, सेबोनबाट पायो अनुमति

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड सेबोन (सेबोन) बाट अनुमति पाएको हो ।
सेबोनको अनुमति दिएसँगै अब घोराही सिमेन्टले चुक्तापुँजीको २० प्रतिशतबराबरको कुल ७९ लाख ४३ हजार ८०१ कित्ता प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्नेछ ।
कम्पनीले कुल कित्तामध्ये ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ । सर्वसाधारणले यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ तिर्नुपर्नेछ । यसमा कम्पनीले ३३५ रुपैयाँ प्रिमियम थप गरेको छ ।
यसैगरी कम्पनीले स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता आईपीओ जारी गर्नेछ । स्थानीयले भने यो आईपीओमा प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्नेछ । स्थानीयका लागि कम्पनीले ३०० रुपैयाँ प्रिमियम थप गरेको छ ।
घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन ।












