महुली लघुवित्तद्धारा आगलागी पिडितहरुलाई राहत वितरण

९ बैशाख २०८०, शनिबार १५:४९

महुली लघुवित्त वित्तीय संस्था लि।ले खडक नगरपालिका –९ बजराहि गुठिमा आगलागी पिडितहरुलाई राहत वितरण गरेको छ ।
बैशाख बेलुका एक घरबाट सुरु भएको आगलागीले १० घरधुरि पूर्ण रुपमा क्षति भएको थियो । लागलागीमा मानविय क्षति नभएको तर अन्न, नगद लगाएत अन्य बहुमुल्य बस्तुहरु नष्ट भएको थियो ।

संस्थाले खडक नगरपालिका र जिल्ला विपत व्यवस्थापन समितिको सहयोगमा अति आवश्यक बस्तुहरुको पहिचान गरि राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रमा जिल्ला प्रशासन प्रमुख, प्रहरी प्रमुख, नगर प्रमुख, संस्थाको प्रमुख कार्यकारी अधिकृत लगाएतको उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला प्रशासन प्रमुखले वित्तीय संस्थाले राहत वितरणमा देखाएको अग्रसरता लाई धन्यवाद दिदै आउँदा दिनमा समेत एक द्घार प्रणाली बाट राहत वितरण गर्न सुझाव दिएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले आगलागी पिडितहरुलाई सानत्वना दिदै संस्था सधै साथमा रहने उल्लेख गर्दै वितरण गरिएको राहतले थोरै भए पनि मलमको काम गर्ने बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*