सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबी भुक्तानी लिन बाँकी बीमितहरुलाई डाक्यो
९ बैशाख २०८०, शनिबार १६:००

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी आफ्ना बीमितहरुलाई डाकेको छ ।कम्पनीका अनुसार ३५ दिनभित्र दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएमा भुक्तानी पाइने छ। उक्त मितिभित्र सम्पर्क राख्न नआए त्यस्ता दाबी फाइल बन्द गरिने छन्।
मर्जर पछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा विभिन्न समयमा परेको दाबीहरुको निवेदन प्राप्त भएका छन्। तर, हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितहरुको भुक्तानी बाँकी छ।
जसले गर्दा दाबी फर्छ्यौटमा समस्या छन्। आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बबरमहल र सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो बीमा दाबी गर्न कम्पनीले सूचना गरेको हो।













