समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

१० बैशाख २०८०, आईतवार १०:०९

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

संस्थाको चैत २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार वैशाख ३ गतेदेखि लागू भई २०८१ वैशाख २ गतेसम्म बहाल हुनेगरी आरविवि मर्चेन्टलाई वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सोपश्चात् संस्थाको शेयर दाखिला खारेज, नामसारी लगायतका सम्पूर्ण शेयरसम्बन्धी कार्य अब आरविवि मर्चेन्टले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*