सिवाइसी नेपाल लघुवित्तले सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले छात्रवृत्ति प्रदान गर्ने भएको छ । संस्थाले छात्रवृत्ति व्यवस्थापन कार्यवित्रि २०८० को पहिलो संशोधन २०७९, अनुरुप शैक्षिक सत्र २०८० का लागि संस्थामा आवद्ध रहेका सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिने भएको हो ।
संस्थाले सदस्यका छोराछोरीका लागि आर्थिक अवस्थाका कारण अध्ययन निरन्तरतामा आइपर्ने कठिनाई सहजीकरण गर्दै शैक्षिक क्षति न्यूनीकरण गर्न १० दिनभित्र संस्थाको कार्यालयहरुमा आवेदन दिन अनुरोध गरेको छ ।
संस्थाले सो का लागि विभिन्न आधारहरु तोकेको छ । जसमा विद्यार्थी विद्यालय।कलेजको शैक्षिक सत्रको नियमित विद्यार्थी हुनुपर्नेछ । विद्यार्थीका आमा, बुवा संस्थाको सदस्य हुनुपर्नेछ र आवेदन विद्यार्थीको स्थायी ठेगाना भएको संस्थाको शाखा कार्यालय मार्फत सिफारिसका साथ आउनुपर्ने यावतका आधारणहरु राखिएको छ ।












