दोल्ती पावर कम्पनीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

१० बैशाख २०८०, आईतवार १०:५१

काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ शुक्रबार बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको. कार्यालयमा बाँडफाँड भएको हो ।

गोलाप्रथामार्फत बाँडफाँड गरिएकोमा आइपीओ १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने सो मध्ये एकजना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको आइपीओ पाउने भाग्यमानी शेयरधनीहरुमा यतिबेला कम्पनीको आइपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ ।

कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ८७ रुपैयाँदेखि २६१ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनकुनै कम्पनीको आइपीओ पहिलो कारोबारको लागि सो कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ । सोही आधारमा दोल्ती पावरले उक्त रेञ्ज पाउने देखिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*