थप एक कम्पनीद्वारा सम्बन्धीत शेयरधनीको खातामा लाभांश जम्मा

१० बैशाख २०८०, आईतवार ११:१४

काठमाडौं । थप एक कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत पुष २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित भएको २.४० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।

साथै हालसम्म भौतिक रुपमा शेयर धारण नगरेका शेयरधनीहरुको हकमा शेयर अभौतिकीकरण भएपश्चात् स्वतः सम्बन्धीत हितग्राही खातामा जम्मा गरिने भएकाले हालसम्म पनि भौतिक रुपमा शेयर धारण नगरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउन समेत कम्पनीले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*