एनआइसी एसिया लघुवित्तको सधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न भएको हो ।
सभाले लघुवित्तका शेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।
यसका साथै, सभाले विभिन्न एजेन्डासहित संस्थाको आ.व. २०७८ ।७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८ ।७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।












