स्टक एक्सचेन्जको लाइसेन्स लिन दोस्रो आवेदन दर्ता, उपेन्द्र महतोको अगुवाईमा नेशनल स्टक एक्सचेन्जको प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुल्ला गरेको आवेदन अनुसार निजि क्षेत्रको दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स लिन आज अन्तिम दिन नेशनल स्टक एक्सचेन्जको आवेदन दर्ता भएको छ ।
आज दोस्रो नम्वरमा नेशनल स्टक एक्सचेन्ज कम्पनीको आवेदन दर्ता भएको बोर्डले जनाएको छ । नेशनल स्टक एक्सचेन्जमा उपेन्द्र महतो, दीपक तिमिल्सिना, सिद्धार्थ ग्रुप अग्नि ग्रुप रिलायन्स ग्रुप, अर्का एनआरएन जीवा लामिछाने, एनआरएनका अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ । बेलायत बसेर व्यापार गरिरहेका रविजंग लामिछानेको पनि नेशनल स्टक एक्सचेन्जमा लगानी हुनेछ ।
बोर्डमा आजै तेस्रो निवेदन पनि दर्ता हुुँदैछ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका चन्द्र ढकाल समुहको पनि आवेदन दर्ता गर्ने तयारी भइरहेको छ । यसअघि गत शुक्रबार हिमालयन स्टक एक्सचेन्जको आवेदन दर्ता भइसकेको छ ।
यस पटकको स्टक एक्सचेन्जको लाइसेन्समा दीपक तिमल्सिना र चन्द्र ढकालबीच कडा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ । दुवै जना प्रधानमन्त्री प्रचण्डका प्रिय पात्र हुन् ।












