शेयरबजारमा दोहोरो अंकको गिरावट, फाइनान्स कम्पनीहरुको शेयरमूल्य घट्दा कारोबार खुम्चियो

१० बैशाख २०८०, आईतवार १५:११

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ ।

पछिल्ला केही दिनयता शेयरबजारमा लगातार गिरावट आएको छ । आम शेयर लगानीकर्ताहरुमा शेयरबजारप्रति उत्साह घट्दै गइरहेको छ । यसैको वाबजुत पहिल्लो स्टक मार्केटमा हुने कारोबार रकम घटेर करोडमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर किनबेच हुँदा जम्मा ८२ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । होटल तथा पर्यटन उपसूचक ०.३१ प्रतिशतले बढेको छ भने सर्वाधिक फाइनान्स उपसूचक २.०१ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*