एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
१० बैशाख २०८०, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १८.८० को अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेसँगै सनराइज इक्वीगटी फण्डको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड, गुडविल फाइनान्स लिमिटेड, गनपति लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।













