नेप्सेकै सूचना त्रुटी, मर्ज भईसकेको ज्योति लाइफबारे सूचना

१० बैशाख २०८०, आईतवार १५:५५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त हालसम्म एकमात्र धितोपत्रको दोस्रो बजार स्कट एक्सचेञ्ज ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से)’ले सूचना प्रदानमा त्रुटी गरेको फेला परेको छ ।

शेयर, डिबेञ्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्री गर्ने बजारको रुपमा रहेको नेप्सेले सूचीकृत कम्पनी, ब्रोकर र आम शेयर लगानीकर्ताहरुलाई नियमन गर्ने समेत कार्य गर्दछ । लगानीकर्ता तथा सूचीकृत कम्पनीले गल्ती गरेको खण्डमा ‘सस्पेन्ड’ गर्ने र जरिवाना समेत भराउने नेप्सेले सर्वसाधारणलाई सूचना दिने कार्यमा त्रुटी गरेको पाइएको हो ।

नेप्सेले आइतबार शेयर कारोबार खुलेको मध्यतिर दुईवटा जीवन बीमा कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख सम्बन्धीत सूचना प्रकाशित गर्यो । एकआपसमा मर्जर प्रक्रियामा रहेका युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सलाई परिवर्तित धितोपत्रको संरचना अभिलेख गरिएको बारे पत्र लेखेको हो ।

जसमा दुवै कम्पनीको पत्रमा पहिलो हरफमा नै ‘उपरोक्त सम्बन्धमा ‘ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड’ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो’ भनेर उल्लेख गरिएको छ । जुन कम्पनीलाई पत्र लेखिएको हो, सोही कम्पनीको नाम उल्लेख हुनुपर्नेमा नेप्सेले ज्योति लाइफ इन्स्योरेन्स हाल (सूर्यज्योति लाइफ इन्स्योरेन्स) साविक सूर्या लाइफसँग मर्ज भएर एकीकृत कारोबार समेत गरिसकेको कम्पनीको नाम उल्लेख गरेको पाइएको हो ।

यस अर्थमा नेप्सेले आम लगानीकर्ता, कम्पनी, संघसंस्था तथा सर्वसाधारणहरुलाई सूचना प्रवाह गर्ने कार्यमा लापारबाही गर्ने गरेको देखिन्छ । नेप्सेले पत्र लेख्ने एउटै फर्म्याट प्रयोग गरी सोही पत्रमा विषय राखेर थोरै फेरबदल गरिने पाइएको छ । नेप्सेको यस्तो खालको लापारबाहीका कारण आम लगानीकर्ता तथा सर्वसाधारणहरु सहि सूचना लिने अवस्थाबाट बञ्चित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*